काठमाडौं- एकतारे जर्नेल (सहायक रथी)सहित तीन सैनिक अधिकृतलाई सेवाबाट हटाइएको छ। सम्पत्ति अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको प्रमाणित भएपछि सैनिक अदालतले सेनाका तीन उच्च अधिकारीलाई सेवाबाट हटाएको हो।
यसरी सेवाबाट हटाइने सहयाक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन्।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहँदा आर्थिक अनियमितता गरेको पाइएपछि समरी जनरल सैनिक अदालतले कारबाहीस्वरुप उनीहरुलाई सेवाबाट हटाउने फैसला सुनाएको हो।
त्यसैगरी सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने फैसला सुनाइएको छ। प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिइएको छ। महासेनानी राजेन्द्रमणि गिरी र अवकाशप्राप्त लेखा सुवेदार नवराज पाण्डेलाई भने सफाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।