काठमाडौं– सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले घटको छ। आइतबारका लागि सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तय भएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटको छ। आइतबारको लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँ तय भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।