काठमाडाैं-सिन्धुपाल्चाेक जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जुगल गाउँपालिलकाकाे लिदि पहिराेमा ज्यान गुमाउनेहरुका परिवारलाई १ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेकाे छ।
यस्तै काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गर्ने निर्णय पनि भएकाे छ।
एक लाख २५ हजार आर्थिक सहयोग
पहिरोपीडितका लागि तामाङ कलाकार संघले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ। संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो। संघका तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार सहयोग भएको संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।