काठमाडौं–कोरोना संक्रमण बढ्दै गएपछि मध्यपुर थिमि नगरपालिकामा आजदेखि नगर क्षेत्रभित्रका सम्पूर्ण व्यवसाय बन्द गरिएको छ।
अति आवश्यक सामग्रीका पसल –खाद्यान्न, पानी,ग्याँस र औषधि पसल) बिहान ११ बजदेखि दिउँसो १ बजेसम्म मात्र खोल्न पाइने नगरपालिकाले जनाएको छ। यो निषेध ९ भदौसम्म कार्यान्वयन हुने जनाइएको छ।
यस्तै, नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न बन्द गरिनेछ। अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने नगरपालिकाले जनाएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको १० निषेध पनि पूर्ण रुपले पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।