सांकेतिक तस्बिर
काठमाडाैं-लगातारकाे वर्षासँगै आएकाे पहिरोमा पुरिएर बागलुङको निसीखोलामा तीन जनाकाे मृत्यु भएको छ।
शुक्रबार राति गएको पहिरोमा पुरिएर निसीखोला गाउँपालिका-५ मा दुई बालकको ज्यान गएकाे हाे। पहिरोमा पुरिएर स्थानीय हिराबहादुर विकका १३ वर्षका छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको छ भने ५३ वर्षीया श्रीमती दिलसरा विक घाईते भएकाे निसीखोला गाउँपालिका-५ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिए। पहिरोमा परेर घाईते भएकी दिलसरालाई उपचारका लागि बोहोरागाउँ स्वास्थ्य चौकी लगिएको अध्यक्ष पौडेल बताए।
यसैगरी निसीखोला गाउँपालिका-३ धारखर्कमा शनिबार बिहान गएकाे पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। घरमाथिबाट आएको पहिरोका कारण स्थानीय जुठे कामीकी ७२ वर्षीया श्रीमती वली कामीको मृत्यु भएको निसीखोला गाउँपालिका-३ का वडाध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए। पहिरोले घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ भने दुई वटा गाई घाईते छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।