डडेल्धुरा-डडेल्धुरा सदरमुकामबाट दुई जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका- ४ का खगेन्द्रबहादुर रोकाया र कैलालीको टीकापुर नगरपालिका-२ का पहलमान ठकुल्ला छन्।
उनीहरुको साथबाट नगद ३७ हजार ६ सय २० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। सदरमुकामको बागबजारमा रहेको एक घरमा जुवा खेलिरहेकाे भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको उनले बताए।
जुवाको खालबाट अन्य व्यक्ति भने फरार भएको र उनीहरुको खोजी भइरहेको डिएसपी न्यौपानेले बताए। पक्राउ परेकामाथि भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।