काठमाडाैं- सिन्धुपाल्चोकका पहिराे पीडितहरूका लागि राहतका लिएर बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेल र प्रतिनिधि सभाका सांसद शेरबहादुर तमाङसहितकाे टाेली सिन्धुपाल्चाेक प्रस्थान गरेकाे छ।
मुख्यमन्त्रीसहितकाे टाेली नेपाली सेनाकाे हेलिकाेप्टरबाट शनिबार बिहान ९ बेजे प्रस्थान गरेकाे हाे। मुख्यमन्त्रीले बस्ती स्थानान्तरणकाे बारेमा प्रदेश सरकारका तर्फबाट केही घाेषणा गर्ने तयारी गरेका छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पहिराेमा बेपत्ता भएकाहरूकाे नेपाली सेना र सुरक्षाकर्मीहरूले खाेजी गरिरहेका छन्। हालसम्म उक्त क्षेत्रबाट ११ जनाकाे शव निकालिएकाे छ। पहिराेमा बेपत्ता भएका २७ जनाकाे खाेजी जारी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।