काठमाडौं–अविरल वर्षाका कारण मुलघाट धनकुटामा जलसतह सतर्कतामाथि पुगेको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तमोरको जल सतह अझै बढ्दो क्रममा रहेकाले तमोर मुलघाटदेखि सप्तकोसी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै, पछिल्लो ६ घण्टायता बबई नदी जलाधारको गुलरया, रानीजरुवा, रम्बापुरलगायत बर्दियाका अधिकांश स्थानमा भारी वर्षा भएकाले डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै, गोरखाको बारपाक, आरुघाट,विरेनचोकलगायतका स्थानमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको महाशाखाले जनाएको छ। ती स्थान आसपास भई बहने साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने, दरौदी तथा बुढीगण्डकी नदीमा जलसतह बढ्ने, कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले बिहान १०बजेसम्मै सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
यस्तै, गएराति लमजुङको बेसिशहर, खुदीबजारलगायतका स्थानमा पनि भारी वर्षा भएको थियो भने भोटेकोसी नदी सतर्कता तह पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।