काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असई दिलीप कार्कीलाई पक्राउ गरेको छ।
प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा असई कार्कीले १ करोड ८ लाख ९९ हजार १ सय ८४ रुपैयाँ हिनामिना गरेको पाइएपछि अख्तियारले उनलाई पक्राउ गरेको हो।
उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा उक्त रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।