काठमाडौं– चेल्सीका ब्राजिलियन फुटबलर विलियन इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन्। शुक्रबार आर्सनलले चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका विलियनलाई आफ्नो क्लबमा अनुबन्धित गरेको जानकारी दिएको हो।
३२ वर्षीय विलियनले आर्सनलसँग तीन वर्षको लागि सम्झौता गरेका छन्। विलियनलाई आफ्नो क्लबमा भित्र्याएपनि आर्सनलले पारिश्रमिक भने खुलाएको छैन।
विलियनलाई क्लबमा भित्र्याएसँगै ‘नयाँ क्लब, नयाँ कलर, नयाँ सुरुवात। आर्सनल क्लबमा स्वागत छ, विलियन’, भन्दै आफ्नो आधिकारिक फेसबुक पेजमा आर्सनलले लेखेको छ।
विलियनले चेल्सीबाट ३३९ खेलमा ६३ गोल गरेका छन् भने उनको ५६ एसिस्ट रहेको छ। खेलेका छन्। सन् २०१३ मा चेल्सी क्लबमा ३० मिलियन पाउण्डमा आएका थिए। विलियनले तीन वर्ष अझै चेल्सीमा रहने भन्दै सम्झौताको लागि क्लबसँग अपिल गरेका थिए। तर क्लबले विलियनको प्रस्तावलाई वास्ता नगरेपछि उनी आर्सनलसँग जोडिन पुगेका हुन्।
विलियनले आर्सनलमा १२ नम्बरको जर्सी लगाउने छन्। उनले चेल्सीमा १० नम्बर जर्सी लगाउने गर्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।