काठमाडाैं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गरेका छन्।
नेपाली सेनाको हेलिकाेप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृह मन्त्रालयले जनाएको छ। उनीहरु अहिले जिल्ला सदरमुकाम चौतारा पुगेका छन्। चौतारा अस्पतालमा रहेका बिरामीसँग कुरा गरेपछि उनीहरु पहिरोस्थल लिदी जाने छन्।
शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् भने ३७ घर पुरिएका छन्। बेपत्ता सबैको पहिचान खुलेको छ।
यस्तै पहिरोमा परी ५ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ। तर, उनीहरुको सनाखत हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।