काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको परिचय खुलेको छ। पहिरोमा परेकाहरुमध्ये थप ३९ जनाको उद्धार पनि गरिएको छ।
बेपत्ता हुनेहरुमा विक्रम दोङ, भीमदास दोङ, डेमाछिरिङ दोङ, रुपलाल दोङ, प्रकाश, अमृत, जयबहादुर दोङ, रेशमबहादुर दोङ, इन्द्र दोङ, डोल्मा छिरिङ, जुनबहादुर दोङ, बाङची लामा, युवराज दोङ, साङवा दोङ र दावा आल्बो दोङ रहेका छन्।
यस्तै, रामकुमार दोङ, इमान दोङ, जम्पाद दोङ, जीताई लामा, इसुरे दोङ, हिरा भक्ति, अम्वा दोङ, दौलत लामा, साङवा दोङ, दोर्जे दोङ, बलबहादुर दोङ, सानु दोङ, ब्यावरानी दोङ, कान्छा दोङ, सोमपाल दोङ, निसमाई दोङ, जुनलाल दोङ, टिकमाई दोङ र छिरिङ दोङ लगायत बेपत्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।