काठमाडौं–कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको छ।
आज राति १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्। उनले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिइन्।
आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरुसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।