काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान गएको पहिरोमा परेर ३६ जना बेपत्ता भएका छन्। पहिरोमा बेपत्ता भएका कसैको पनि अहिलेसम्म उद्धार गर्न सकिएको छैन भने ५ जना गम्भीर घाइतेहरुलाई सदरमुकाम चौतारा लगिएको छ।
पहिरोले लामा गाउँका ५ घर पुरिँदा सबै घरका सदस्यहरु बेपत्ता भएका छन् भने १५ जना घाइते भएका छन्।
नेपाली सेनाले घटनास्थल पुगेर उद्धार थालेको छ। पहिलो चरणमा २ महिला र २ पुरुषलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याइएको छ। उद्धार जारी भए पनि गाउँमाथिबाट खसिरहेको सुख्खा पहिरोले समस्या पारेको जनाइएको छ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले घटनास्थलको निरीक्षण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।