काठमाडौं–प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदि पुगेका छन्।
नेपाली सेनाको हेलिकप्टर लिएर काठमाडौबाट गएका सापकोटा चौतारा झरेका थिए। नेपाली सेनाकोे टोलीलाई उद्दारमा पठाएपछि उनी दोस्रो लटमा लिदि पुगेका हुन्। उक्त क्षेत्र सापकोटाले निर्वाचन क्षेत्रसमेत हो।
घटनास्थल पुगेर सापकोटाले स्थानीयहरुसँग पहिरो र त्यहाँको जोखिममा परेका बस्तीको बारेमा कुराकानी गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले बताए। सभामुख सापकोटा घटनास्थलबाट सदरमुकाम आएर विपद व्यवस्थापन र बस्ती सार्ने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।