काठमाडौं- साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने तोलामा २ हजार ४ सय रुपैयाँले बढेको थियो। शुक्रबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदी पनि प्रतितोला ६० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।