काठमाडौं- नेपाल टेलिकमको नाफा ४० प्रतिशतले घटेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा टेलिकमले १४ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
नाफामा गिरावट आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ६५ रुपैयाँबाट ५७ रुपैयाँमा झरेको छ। कोभिड १९ को संक्रमणको समयमा टेलिकमकले आफ्ना ग्राहकहरूलाई ८१ करोड रुपैयाँभन्दा धेरैको छुट प्रदान गरेको छ। ग्राहकलाई दिइएको छुटका साथै नियमित आम्दानीमा गिरावट आउँदा नाफामा गिरावट आएको हो।
टेलिकममले दुरसञ्चार सेवा प्रदान गरेर ३४ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३६ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीले कोभिड १९ को कारण आम्दानीमा नै १५ प्रतिशतले गिरावट आएको हो। नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा १० अर्ब रुपैयाँ सहयोग गरेको छ। रिचार्ज कार्ड बिक्री गर्दा ८५ करोड ३३ लाख रुपैयाँ छुट प्रदान गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले यसलाई आम्दानीअन्तर्गत बाध्ने गरेको थियो। त्यसैले गर्दा पनि कम्पनीको आम्दानीमा गिरावट आएको देखिएको हो।
नेपाल टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ। जगेडा कोषमा ७८ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ। यस वर्ष प्रशासनिक खर्चमात्रै एक अर्ब १५ करोड रुपैयाँ भएको छ। कर्मचारीका लागि ६ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।