प्रतीकात्मक तस्बिर
काठमाडाैं- कालिकोटको महावै गाउँपालिका वडा नम्बर ३ का सदस्य राजबहादुर विष्टकाे घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ। गएराति आएको पहिरोले घर पुरिँदा उनीहरुकाे मृत्यु भएकाे हाे।
पहिरोमा परी विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको बताइएकाे छ।पहिराे रातको १२ बजेतिर आएकाे हाे।
घटनाबारे पुष्टि गर्दै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले अहिले आफू पहिराे स्थलतर्फ जाँदै गरेकाे बताए। मृतक ६ जना बालबालिकाको शव पहिराेबाट बाहिर निकालिसकिएको छ।
कालिकाेटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरी टाेली खटाएकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।