सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिराेमा परेर ५ घर पुरिएका छन्। पहिराेले लामा गाँउ पुरिँदा ५ घरपरिवार सम्पर्कविहीन भएकाे बताइएकाे छ।
केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। गाउँपालिकाकाे टाेली घटनास्थल पुग्नै लागेकाले थप विवरण केही समयमा आउने उनले बताइन्। पहिरोले लामा गाउँ पुरिँदा १५ जना घाइते भएका छन्। उनीहरु आफैं पहिराेबाट निस्किएको र उद्धारमा खटिएकाे उनले बताइन्।
पुरिएका ५ घरका सबै सम्पर्कविहीन रहेकोले कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तमाङले बताइन्। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटना स्थलमा सेना र प्रहरीलाई पठाएको बताए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकोप्टरसहित उद्धारमा जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।