काठमाडौं-भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक जना नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। आकस्मिक कक्षको नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिक कक्ष सिल गरेको छ।
आकस्मिक कक्षमा रहेका अन्यलाई क्वारेन्टाइनमा राखिने र उक्त क्षेत्र डिसइन्फेक्ट गरी छिट्टै आकस्मिक सेवा सुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालले अर्को सूचना जारी नभएसम्मका लागि मात्र आकस्मिक कक्ष सिल गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।