काठमाडौं–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान भीषण पहिरो खसेको छ।
पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने केही थप घर जोखिममा परेका छन्।
पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थलतर्फ जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी गराएका छन्।
पहिरोमा परेका ७ घाइतेको स्थानीयले उद्धार गरेका छन्। तर कति पुरिए र कति बेपत्ता भए भन्ने यकिन गर्न नसकिने स्थानीय सानुकान्छा लामाले बताए। अहिले स्थानीयहरु उद्धारमा खटिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।