काठमाडौं-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बर्दिया, केलाली र कञ्चनपुरका केही क्षेत्रमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरको छ।
हाल देशभर समान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको जनाइएको छ।
आज दिउँसो बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।