काठमाडौं- नेपाल चार्टड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंकबीच एक्यानमा आबद्ध सदस्यहहरुलाई बिना धितामा प्रोफेसनल कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
द्विपक्षीय समझदारीपत्रमा एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ वटै शाखाबाट एकैदिनमा बिनाधितोमा १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा प्रदान गरिने उल्लेख छ। यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफू विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए।
साथै, एक्यानमा आबद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने समझदारी भएको धितालले जानकारी दिए। आगामी दिनमा यसका साथै अन्य बैंक तथा बित्तिय संस्थासँग समेत समझदारीको लागि छलफल भइरहेको धितालले जानकारी दिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघका तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको एक मात्र पेसागत संघ हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।