काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका आवतजातवतको सवारी पास बन्द गरेको छ।
यसअघि बिरामी र अतिआवश्यक कामका लागि कागजात हेरेर जारी गरिँदै आएको पास बिहीबारदेखि बन्द गरिएको हो।
गृह मन्त्रालयले बुधबार पास वितरणमा रोक लगाउन भन्ने निर्देशन दिएपछि पास वितरणमा रोक लगाइएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाल पाण्डेले बताएका छन्।
यो निर्णयसँगै अब उपत्यकाबाट बाहिर जान र आउन पूर्णरुपमा बन्द भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।