• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
हटस्पट कुलेश्वर : वडाध्यक्ष भन्छिन्- अवस्था भयावह भएपछि पूर्णरुपमा सिल गर्दैछौँ
64x64
निर्मला घिमिरे बिहीबार, साउन २९, २०७७  १६:००
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकास्थित वडा नम्बर १४ मा कोरोना संक्रमितको संख्या बुधबारसम्म ३५ पुगेको छ। पसले तथा घरमै बसिरहेका मानिसहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि संक्रमणले भयावह रुप लिएको भन्दै वडा पूर्णरुपमा सिलको तयारी गरिएको वडाध्यक्ष सोभा सापकोटाले बताइन्।

‘हाम्रो वडामा त कोरोना संक्रमणले भयावह रुप लिएको अवस्था छ। वडा कार्यालको एक तल्लामाथि घरभेटीलाई कोरोना संक्रमण पुष्टि भएपछि ४ दिनदेखि वडा कार्यालय पनि सिल छ,’ अध्यक्ष सापकोटाले नेपाल लाइभसँग भनिन्। घरभेटीलाई कोरोना पुष्टिभएसँगै वडाका १४ कर्मचारीसहित ५ जना जनप्रतिनिधिको पनि कोरोना परीक्षणको तयारी गरिएको छ।

घरभेटीको सम्पर्कमा रहिरहने सुरक्षा गार्ड र उनकी श्रीमतीको भने कोरोना परीक्षण गरिसकिएको र रिपोर्ट नेगेटिभ आएको अध्यक्ष सापकोटाले बताइन्। कार्यालय सिल भएसँगै जनप्रतिनिधि तथा कर्मचारीहरुले वडाको काम घरबाटै गरिरहेको सापकोटाले बताइन्।

ट्राभल हिस्ट्री नभएकालाई पनि कोरोना
वडाभित्र पसले तथा घरमै बसिरहेका मानिसहरुमा कोरोना संक्रमण देखिएको बताइएको छ। कुलेश्वरमा बुधबारमात्रै पसले तथा ट्राभल हिस्ट्री नभएका ८ जनामा कोरोना पुष्टि भएपछि संक्रमणले थप भयावह स्थिति लिएकाे देखिएको वडाध्यक्ष सापकोटाले बताइन्।

‘कुलेश्वरमा एक जना घरमै बसिरहेकी महिलामा कोरोना पुष्टि भएपछि हामीले उनका श्रीमानसहित दुई छोराछोरीमा कोरोना परीक्षण गराएका थियौँ। उनीहरु ३ जनामै कोरोना देखियो,’ अध्यक्ष सापकोटाले भनिन्।

हटस्पट कुलेश्वर 
वडामा हालसम्म सबैभन्दा भयावहस्थिति कुलेश्वरमा देखिएको वडाध्यक्ष सापकोटाले बताइन्। ‘अहिले कुलेश्वरमा सबैभन्दा भयावह अवस्था देखिएको छ। पसलेहरुमै कोरोना देखिएपछि मंगलबारदेखि नै पसलहरु सिल गरेका छौँ,’ अध्यक्ष सापकोटाले भनिन्। कुलेश्वरमा मात्रै १५ जनामा कोरोना पुष्टि भएको छ।

कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको बताइएको छ। अहिलेसम्म कुलेश्वर क्षेत्रमा पसलेको सम्पर्कमा आएका १ सय जनाको सूची तयार गरी कोरोना परीक्षणका लागि पठाइएको छ।

लाम्पाटी र बल्खु क्षेत्रमा पनि कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितहरुलाई अस्पताल पुर्‍याएर उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको वडा कार्यालयले बताएको छ। बल्खु क्षेत्रमा कोरोना संक्रमितको सम्पर्कमा आएका ३२ जनाको कोरोना परीक्षण गराइएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ देखिएको अध्यक्ष सापकोटाले बताइन्।

Ncell 2
Ncell 2

अत्यावश्यक पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न दिइने
वडाभित्र अत्यावश्यक खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, तरकारी फलफूललगायतका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला गर्न दिइने भएकाे छ। अत्यावश्यक बाहेकका अन्य सेवा भने बन्द गरिने वडाले जनाएको छ।

‘फलफूल पनि ल्याइसकेको बेच्न र अब नल्याउन हामीले पसलेहरुलाई निर्देशन दिएका छौँ,’ अध्यक्ष सापकोटाले नेपाल लाइभसँग भनिन्।

मालपोत कार्यालय र सहकारीका सेवा बन्द 
कोरोना संक्रमणकाे संख्या तीव्र रुपमा फैलन थालेपछि १४ वडामा मालपोत कार्यालय तथा सहकारीहरुका सबै सेवा बुधबारदेखि नै बन्द गरिएको छ। अवस्था सामान्य नहुँदासम्मका लागि मालपोत, सहकारीलगायत भीडभाड हुने कार्यालयका सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको छ।

बैंकका कर्मचारी घटाउने 
बैंकको एउटा शाखामा २ देखि ३ जना कर्मचारीले मात्रै काम गर्ने गरी वातावरण मिलाउन बैंकहरुलाई निर्देशन दिइएको छ। बैंक अत्यावश्यक भएकाले सावधानी अपनाएर सेवा सञ्चालन गर्न निर्देशन दिइएको वडा कार्यालयले जनाएको छ।

सार्वजनिक यातायात पनि रोक्ने तयारी 
सार्वजनिक सवारी सञ्चालनसँगै कोरोनाको जोखिम बढेको भन्दै वडाले सार्वजनिक सवारी पनि तत्कालका लागि चल्न नदिने गरी तयारी थालेको अध्यक्ष सापकोटाले बताइन्। 

‘अहिले सार्वजनिक सवारी साधनहरु चलिरहेका छन्। हाम्रो वडाले मात्रै रोक्न मिल्दैन। तर जिल्ला प्रशासन र महानगरसँग समन्वय गरेर सार्वजनिक सवारी चल्न बन्द गराउने कि भनेर हामी सल्लाह गर्दैछौँ,’ अध्यक्ष सापकोटाले भनिन्। वडामा कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि अन्य जनप्रतिनिधिहरु, उपभोक्ताहित समितिका पदाधिकारी नगर प्रहरी, जनपथ प्रहरीलगायत सबै सरोकारवालासँग समन्वय गरेर संक्रमण रोकथामका लागि प्रयास गरिरहेको अध्यक्ष सापकोटाको भनाई छ।

अध्यक्ष सापकोटा भन्छिन्,‘संक्रमितहरुसँग म सधै सम्पर्कमै छु। तपाईँहरु नआत्तिनुस् भनेर सान्त्वना दिइरहेकी छु।’ १४ वडाका सबै बिरामीहरुको अवस्था भने सामान्य छ  उनीहरु टेकुलगायत उपत्यकाका अन्य अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्