काठमाडौं-बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य फेरि बिहीबार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको छ।
यसअघि बुधबार मंगलबारको तुलनामा ६ हजार २ रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियो भने सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ र आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेेको छ। बिहीबारका लागि चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ। यसअघि बुधबार चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।