काठमाडौं- कोरोना भाइरस संक्रमणको सजगता अपनाएर बिमा कम्पनी सञ्चालन गर्न बिमा समितिले निर्देशन दिएको छ। ५० प्रतिशत कमर्मचारीलाई मात्रै आलोपालो प्रणालीमा काम लागउन समितिले निर्देशन दिएको हो।
यसका साथै समितिले सवारीसाधनमा जोरबिजोर प्रणाली अपनाई कार्यालय सञ्चालन गर्ने व्यवस्थापन गर्न भनेको छ। समितिले सम्पूर्ण बिमा कम्पनीहरुलाई कोरोना भाइरस संक्रमणको सजगता अपनाउन समेत अनुरोध गरेको छ।
नेपाल सरकारकाे साउन २६ गतेकाे निर्णय बमोजिम यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।