काठमाडौं- साना र ठूला ट्रक, भ्यान, पिकअप र निर्माण उपकरणहरु गरी वार्षिक ९० लाख सवारीसाधन उत्पादन र बिक्री गर्ने फोटोन मोटर ग्रुप लगातार १३ वर्षदेखि चीनको नम्बर १ कमर्सियल भेइकल ब्रान्ड हो। तर, रोचक कुरा के हो भने यो कम्पनीको स्थापना २४ वर्षअघि मात्र भएको थियो। एक सय १० वटा मुलुकमा बिक्री हुने फोटोनको २० वटा एसेम्ब्लिङ प्लान्ट छन्।
जर्मनी र चीनलाई अपरेटर सेन्टरका रुपमा विकास गरेर फोटोनले चीनको औद्योगीकरणलाई नेतृत्व दिइरहेको छ। त्यसैगरी रुस, ब्राजिल र अन्य धेरै मुलुकमा फोटोनको नकडाउन प्लान्टहरु छन् भने क्रमिक रुपमा युरोप र अमेरिकामा समेत फोटोनको उपस्थिति बाक्लिँदै गएको छ।
फोटोनको विशेषता के हो भने उसले विश्वभरका ज्ञान संकलन गर्छ र त्यसलाई प्रयोग गरेर उत्कृष्ट उत्पादन गर्छ। यही नीतिलाई अँगालेर फोटोनले संसारकै सबैभन्दा ठूलो र सबैभन्दा विश्वासिलो कमिन्ज् इन्जिनको निर्मातासँग सन् २००६ बाटै साझेदारी सुरु गरेको थियो। यी दुई कम्पनीको साझेदारी फोटोन कमिन्ज् इन्जिन कम्पनी लिमिटेडले कूल ७० करोडल डलरको लगानीमा वार्षिक पाँच लाख २० हजार वटा एफ २.८एल र ३.८एल लाइटड्युटी, ४.५एल मिडियम ड्युटी, जी १०.५एलर ११.८एल हेभी ड्युटी डिजेल इन्जिन उत्पादन गर्छ। यो साझेदारीको एक दशकमा १० लाख वटा फोटोन कमिन्ज् इन्जिन उत्पादन भएको थियो।
साथै फोटोनले जर्मन अटोमोबाइल ग्रुप डिमलर एजीसँग मिलेर सन् २००३ मा बेइजिङ फोटोन डिमलर अटोमोटिभ लिमिटेड स्थापना गरेदेखि नीतिगत साझेदारी गर्दै आएको छ। डिमलर संसारको सबैभन्दा ठूलो कमर्सियल भेहिकल निर्माता कम्पनी हो।
फोटोन डिमलर अटोमोटिभ लिमिटेडमा दुवै कम्पनीको (डिमलर र फोटोन) ५० प्रतिशत साझेदारी रहेको कम्पनीबाट फुटियन अमानसिरिजका हेभी ट्रक र त्यसमा प्रयोग हुने डिमलर–लाइसेन्स्ड् ४९० एचपीको युरो ५ मर्सिडिज बेन्ज हेभी ड्युटी इन्जिन उत्पादन हुन्छन्। अमान इएसटी (इनर्जी सुपर ट्रक) पहिलोपटक सन् २०१६ मा बेइजिङ मोटर सोमा सार्वजनिक गरिएको थियो।
संसारको सबैभन्दा ठूलो ट्रान्समिसन र च्यासिस प्रविधिको सप्लायर जर्मन अटोमोटिभ कम्पोनेन्ट जायन्ट जेडएफसँग पनि फोटोनको साझेदारी छ। जेडएफले लाइट ड्युटी र हेभी ड्युटी कमर्सियल भेहिकलका लागि हाइ एन्ड इन्टेलिजेन्ट ट्रान्समिसनको उत्पादन गर्छ। गतवर्षको अप्रिलबाट चीनको जियाजिङमा अटोमेटिक कमर्सियल भेहिकल ट्रान्समिसनको उत्पादन सुरु भएको थियो। यो ज्वाइन्ट भेन्चरमा जेडएफको ५१ प्रतिशत सेयर रहेको छ। परम्परागत म्यानुअल ट्रान्समिसनको तुलनामा अटोमेटिक ट्रान्समिसनले पाँच प्रतिशतसम्म इन्धन खपत घटाउँछ।
यतिमात्र होइन एभिएल, लोटस, बोस, एमआईएम डिजाइन, मोटोरोला, भिस्टियन, इटन, म्याग्ना, आईबीएम, डेल्फी साइमन्स र डब्लुएबिसीओसँग गठबन्धन गरेर फोटोनले विश्वस्तरीय उत्पादन गर्दै आएको छ।
फोटोनका उत्पादनहरु विशेष गरी अमेरिकी इन्जिन निर्माता कमिन्ज्, जर्मन अटोमोटिभ निर्माता डिमलर एजी र अटोमोबाइटल कम्पोनेन्ट निर्माता जेडएफसँगको साझेदारी बेजोड उपज हो जसलाई फोटोन डिएनए भनिन्छ। नयाँ आविष्कार र खोजका लागि चीन, जर्मनी र जापानमा फोटोनका रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु छन्। उक्त सेन्टरमा ४० भन्दा बढी मुलुकका ६५ सय इन्जिनियरहरुले पाँच हजारभन्दा बढी प्याटेन्ट तयार गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।