काठमाडौं-तीन दिनदेखि बेपत्ता कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँको शव भेटिएको छ।
बानियाँ बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो। त्यसपछि खोजीमा प्रहरी जुटेको थियो।
महानगरीय प्रहरी अपराध महशाखाका एसएसपी दीपक थापाका अनुसार सोमबार राति एक शव फेला परेकाले जिल्ला अस्पताल मकवानपुरमा राखिएको छ। उक्त शव पत्रकार बानियाँको भएको एसएसपी थापाले बताए।
खोलाले बगाएको अवस्थामा प्रहरी चौकी सिस्नेरीले सोमबार बानियाँको शव निकालेको थियो। मान्डु हाइड्रोपावरको पानी फिल्टर गर्ने ठाउँमा उक्त शव अड्किएको देखेपछि प्रहरीले निकालेर जिल्ला अस्पताल मकवानपुर पुर्याएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।