काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर निष्काशनका लागि एनआइविएल एस क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले ७५ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि प्रक्रिया अगाडि बढाएको हो।
आइपिओ निष्काशनका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआइविएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा ७५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ।
कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ छ। प्राथमिक सेयर निष्काशनपछि चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
बिमा समितिले नयाँ सञ्चालन अनुमति प्रदान गरेका नयाँ जीवन बिमा कम्पनीहरुले पछिल्लो समय प्राथमिक सेयर निष्काशन प्रक्रिया सुरु गरेका छन्। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।