काठमाडौं- सरकारले भदौ १ गतेदेखि सञ्चालन गर्न दिने भनेको लामो दूरीका सार्वजनिक यातायात १६ गतेदेखि मात्र चल्न दिने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेकाले उक्त निर्णय गरिएको सरकारले जनाएको छ।
यातायात व्यवसायीहरुसँगको समन्वयमा सरकारले भदौ १ देखि लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यात्रुबाहक बस चलाउन दिने निर्णय यसअघि गरेको थियो। उक्त निर्णयलाई अब भदौ १६ देखि मात्र कार्यान्वयनमा ल्याउने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
सरकारले असार २६ गतेदेखि जिल्लाभित्र मात्र चलाउन पाउने गरी सार्वजनिक यात्रुबाहक बस सञ्चालनको अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।