काठमाडौं- नेपाल स्टक एक्सचेन्जले जारी गरेको स्टक डिलरको कार्यविधिले दोस्रो बजारका लगानीकर्तालाई उत्साहित पार्न सकेन।
नागरिक लगानी कोषले स्टक डिलर सञ्चालनको लागि अन्तिम तयारी गर्दै गर्दा बजारमा नयाँ लगानीकर्ता भित्रिने र यसले बजार सुधारका लागि मद्दत गर्ने साधारण लगानीकर्ताको विश्लेषण थियो। तर, नेप्सेले डिलरको कारोबारमा सीमा तोकिदिएको छ। यसले गर्दा डिलरले खरिद बिक्री गर्न सक्ने कम्पनीको संख्यासमेत घट्ने छ। सेयरको आपूर्ति बढेअनुसार खरिद कर्ता नहुँदा पछिल्लो समय बजार सुधार हुन सकेको छैन।
कारोबार सुरु हुने वित्तीकै सुधार भएको बजार केही समयमै घट्न थालेको थियो। यस क्रममा बजार सुधार हुन सकेन। अन्तिममा बजार ६.६१ अंकको गिरावटसहित बन्द भएको छ। नेप्से सूचक ०.४६ प्रतिशतले घटेर १४२३.८१ अंकमा रोकिएको हो।
मंगलबार १९० वटा कम्पनीको कारोबार हुँदा ४० वटाको मूल्यमात्रै बढेको छ। एक अर्ब २७ करोड रुपैयाँको कारोबार हुँदा ३६ लाख ३० हजार कित्ता खरिद बिक्री भयो।
सबैभन्दा धेरै सुधार हुनेमा अजोड इन्स्योरेन्स कम्पनी रहेको छ। गत सातामात्रै दोस्रो बजारमा सूचीकृत भएको अजोडले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेको सूचनाले कम्पनीको मूल्य बढेको हो। सबैभन्दा धेरै कारोबार हुने नेपाल पुनर्बिकाे १२ करोड १६ लाख रुपैयाँको काराेबार भएको छ। मंगलबार म्युचुअल फण्डबाहेक सम्पूर्ण सूचक घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।