काठमाडौं- साविक एनआइडिसी डेभलपमेन्ट बैंकका सर्वसाधारण सेयरधनीले ओभर द काउन्टर 'ओटिसी'मार्फत् कारोबार गर्न पाउने भएका छन्। राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसीलाई गाभेसँगै एनआइडिसीका सर्वसाधारण सेयरधनीको सेयर बन्धक भएको थियो।
राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत नभएकाले साविक एनआइडिसीको सेयर खरिद बिक्री गर्न नमिल्ने भएको छ। नेप्सेले मंगलबार एनआइडिसीलाई सूचीकरणबाट हटाएसँगै ओटिसी मार्केटमा सूचीकृत गरेको हो।
दोस्रो बजारमा सूचीकृत नभएका तथा प्रचलित ऐन नियम कानुनअनुसार पारदर्शी हिसाबले सेयर खरिद बिक्री गर्नु परेमा ओटिसी बजारमा सूचीकृत हुन पाइन्छ। हालसम्म ओटिसी मार्केटमा १२३ वटा कम्पनी सूचीकृत भएका छन्। यसरी सूचीकृत भएका कम्पनीका सेयरधनीले सेयर खरिद बिक्री गर्नु परेमा उनीहरु आफैंले खरिदकर्ता खोजेर आपसी सहमतिमा खरिद बिक्री गर्न पाउँछन्। तर, कारोबारका लागि पनि नेप्सेले तय गरेका निश्चित मापदण्डभन्दा बाहिर जान पाइँदैन।
यी हुन् ओटिसी मार्केटमा सूचीकृत कम्पनी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।