काठमाडौं-एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे आइपिओमा आवेदन दिनेमध्ये तीन लाख २० हजारले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। आवेदन दिनेमध्ये ९७ हजार ३४४ जनाले भने शेयर प्राप्त गर्न सकेनन्।
कम्पनीले सर्वसाधारण तर्फको ३३ लाख ९८ हजार ४६ कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीका लागि निष्काशन गरेको थियो। तर उक्त शेयरका लागि दुई कर्मचारीले मात्रै आवेदन दिएका छन्। उनीहरुले २२ हजार ४ कित्ता प्राप्त गरेका छन्। कर्मचारीतर्फको नबिकेकाे शेयर सर्वसाधारणका लागि बाँडफाँड गरिएको छ।
एक लाख ६९ हजार ९०२ कित्ता शेयर म्युचुअल फण्डले प्राप्त गरेका छन्। जम्मा ४ लाख १७ हजार ९५८ जनाले आवेदन दिएकोमा ९६० जनाको आवेदन अयोग्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।