काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को १९औं साधारणसभा स्थगित भएको छ। एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मको लागि १९औं साधारणसभा स्थगित भएको जानकारी दिएको हो। भदौ १५ गते एन्फाको साधारणसभा गर्ने कार्यतालिका थियो।
नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने निकायहरुबाट गोष्ठी, भेला, सम्मेलन, आवागमन जस्ता कार्यहरु गर्न निषेध गरेको भन्दै एन्फाले साधारणसभा सारेको हो। एन्फाले साधारणसभा स्थगित गरे पनि कहिले गर्ने टुंगो लगाएको छैन।
एन्फाले साधारणसभा स्थगित गरे पनि भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमलाई भने बन्द प्रशिक्षणमा राख्दैछ। विश्वकपको दोस्रो चरणका बाँकी खेललाई मध्यनजर गर्दै एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो। बन्द प्रशिक्षणअघि एन्फाले सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरेको छ भने मंगलबार बाँकी खेलाडीको परीक्षण गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।