काठमाडौं- एनएमबी बैंकले ८.९९ प्रतिशतमा घर कर्जा दिने भएको छ। निश्चित दुई वर्ष अवधिको घर कर्जाका लिनेले उक्त ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
त्यस्तै निश्चित ५ वर्ष अवधिको घर कर्जा ११ प्रतिशतमै पाउने बैंकले जनाएको छ। घरको छानामा राख्ने सोलार कर्जा ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतमा पाउने छन्। उक्त ब्याजदरमा सोलार कर्जा दिँदा निश्चित १० वर्ष अवधिको हुनु पर्नेछ। बैंकको हालको आधार ब्याजदर ८.९५ प्रतिशत रहेको छ। आधार ब्याजदरमा न्यूनतम दुई प्रतिशतदेखि थप ५ प्रतिशतसम्म लिनेछ।
निश्चित अवधिको बाहेक साधारण कर्जाको हकमा बैंकले न्यूनतम १०.९५ प्रतिशतमा घर कर्जा दिने भएको छ। नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा बैंकहरुले आधार ब्याजदरमा थपेर कर्जा प्रवाह गर्न सक्छन्। जग्गा खरिद कर्जातर्फ भने आधार ब्याजदरमा न्यूनतम तीनदेखि ५ प्रतिशतसम्म लाग्नेछ। त्यस्तै ओभर ड्राफ्ट ट्रम लोन लिँदा आधार ब्याजदरमा तीन प्रतिशत थप हुनेछ।
बैंकले मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ। संस्थागत मुद्दती निक्षेप ७ प्रतिशत र ७.१० प्रतिशतमा लिनेछ। त्यस्तै व्यक्तिगत मुद्दती निक्षेप भने ५.५ प्रतिशतदेखि ८.२५ प्रतिशत प्रदान गर्नेछ। साधारण बचत खाताधनीले अधिकतम ५ प्रतिशतसम्म ब्याज पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।