काठमाडौं- बैंकिङ प्रणालीबाट पैसा बाहिन थालेको छ। एक सातामा वाणिज्य बैंकबाट ११ अर्ब रुपैयाँ बाहिरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा सरकारले लकडाउन गर्दा कर्जा विस्तारमा कमी आइरहेकोमा याे सातादेखि निक्षेप पनि घट्न थालेको हो। तर, साउन तेस्रो साता कर्जा विस्तार भने ५ अर्ब रुपैयाँले बढेको छ।
निक्षेपकर्ताले नियमित खर्चका लागि बैंकबाट पैसा झिक्नुका साथै केही निक्षेपकर्ताले घरमा पैसा राख्न खोज्दा निक्षेप घटेको हो। आर्थिक गतिविधि चलायमान नहुँदा निक्षेप सिर्जना हुन सक्दैन। व्यवसाय जति धेरै भयो त्यहि अनुसार निक्षेप तथा कर्जा लगानी बढ्छ।
बैंकहरुले साउन तेस्रो सातामा ३४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। दोस्रो सातामा ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। त्यस्तै कर्जा विस्तार तेस्रो सातामा २८ खर्ब ७१ अर्ब रुपैयाँ थियो। दोस्रो साता २८ खर्ब ६६ अर्ब रुपैयाँ थियो।
तुलनात्मक रुपमा गत वर्षको भन्दा एक खर्ब १३ अर्बले निक्षेप वृद्धि भएको छ भने कर्जा विस्तार ९२ खर्ब रुपैयाँले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।