काठमाडौं- पुराना गाडीको खोजविन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश खिएको छ। पुराना गाडीको उचित व्यवस्थापन गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो।
एर्फोट ल्यावको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले साउन १८ मा दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलाशले पुराना गाडीको खोजविन गर्न सोमबार अन्तरिम आदेश दिएको हो।
अधिवक्त श्रेष्ठले पुराना गाडीका कारण वातावरण प्रदूषण भएको भन्दै त्यसको उचित व्यवस्थापनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।