काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्ज्काे अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउन आजदेखि सुरु हुने गरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ।
यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ। बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन्। यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बजारको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने छन्।
कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ। सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्यूनतम ८.२५ प्रतिशत ब्याजदरमा फाइनान्सिङको समेत घोषणा गरेको छ। यो योजना ३२ साउनसम्म ७ दिनका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।