काठमाडाैं- सरकारले पहिलो पटक जारको पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो। विभागले प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रशाेधित पिउने पानी प्रतिकार्टुन (१६ बोतल भएको) १५० रुपैयाँ तोकेको हो।
अब पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउनेछन् भने एमआरपी ५० रुपैयाँ ताेकिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।