काठमाडौं- नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’ सहितको नयाँ र्यापिड टिएसआई नेपाली बजारमा सार्वजनिक गरेको छ।
नयाँ स्कोडा र्यापिड अघिल्लो पुस्ताको र्यापिडभन्दा पाँच लाख रुपैयाँ कम अर्थात ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक गरेको हो। नयाँ स्कोडा र्यापिडलाई नयाँ असाधारण टिएसआई इन्जिनले पावर दिन्छ, जुन पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिन्थ्यो।
नयाँ पेट्रोल टिएसआईले ११० पिएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ र यी दुवै ‘वेस्ट–इन–क्लास’ भएको दाबी कम्पनीको छ। नयाँ र्यापिड टिएसआई १.० को ‘फ्युल इफिसेन्सी’ पनि उदाहरणीय छ, जुन १८.९७ किलोमिटर प्रति लिटर हो। अघिल्लो पुस्ताको र्यापिड १.६ एमपिआईको तुलनामा नयाँ टिएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ।
त्यसैगरी, नयाँ र्यापिडको ‘फ्युल इफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी छ। नयाँ र्यापिडको पावर, कम्फर्ट र भ्यालु फर मनी पहिलेको भन्दा धेरै परिष्कृत छ। स्कोडामा कम्फर्टलाई प्राथमिकतामा राखिएको छ। जसकारण नयाँ स्कोडा र्यापिडमा ४६० लिटर बराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ। साथै, नयाँ र्यापिडका सबै भेरियन्टमा रियर एसी भेन्ट, अटोमेटिक क्लाइमाट्रोनिक एसी, टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ उपलब्ध छ।
स्कोडाले प्सेन्जरको सुरक्षामा कुनै सम्झौता गर्दैन। त्यसैले, नयाँ र्यापिडमा पनि पार्कट्रोनिक रियर पार्किङ सेन्सर, एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर, रफ रोड प्याकेज, फ्युल सप्लाई कट–अफ र फ्लाटिङ कोड सिस्टम सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा विशेषता राखिएका छन्।
‘नयाँ स्कोडा र्यापिडबाट हामीले धेरै अपेक्षा गरेका छौं। किनभने यो अद्वितीय ‘पर्फमेन्स’ र असाधारण ‘भ्यालु फर मनी’को गज्जबको प्याकेज हो,’ एमएडब्लू स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘लकडाउन सकिएको अवस्थामा नयाँ र्यापिडलाई हेर्न र अनुभव गर्न हाम्रो सोरुममा आउने ग्राहकको संख्या बढ्न थालेको छ। हामीलाई विश्वास छ, नयाँ र्यापिडको टेस्ट ड्राइभ गर्ने हरेक ग्राहकको मन पक्कै जित्नेछ।’
ग्राहकको ‘पिस अफ माइन्ड’ र ‘वनरसिप कस्ट’ कम गर्न एमएडब्लूले नयाँ स्कोडा र्यापिड टिएसआई १.० मा चार वर्षे सर्भिस प्याकेज उपलब्ध गराएको छ। ग्राहकले नयाँ र्यापिड किनेको चार वर्षसम्म मर्मतमा पैसा खर्च गर्नुपर्ने छैन। यसका साथै, चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्थासमेत गरेको छ।
नयाँ र्यापिडको मूल्य
मोडेल मूल्य
राइडर रु ३४,९०,०००
राइडर प्लस रु ३६,९०,०००
एम्बिसन रु ४३,९०,०००
ओनिक्स रु ४४,९०,०००
स्टाइल रु ५०,९०,०००
मोन्टे कार्लो रु ५१,९०,०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।