काठमाडौं- सामसङले कर्ड मइस्ट्रो रेफ्रिजेरेटर नेपाली बजारमा उपलब्ध गराएको छ। याे रेफ्रिजेरेटर विश्वकै पहिलो हो, जसले खानेकुरालाई सुरक्षितमात्र राख्दैन खानेकुरा तयारसमेत गर्दछ। यसबाट दैनिकरुपमा आफ्नो आवश्यकताअनुसार दही आफैंले घरैमै बनाउन सकिन्छ।
नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ र दहीको खपत पनि अधिक हुने गर्दछ। कर्ड मइस्ट्रो रेफ्रिजेरेटर सामसङको नयाँ प्रविधिले पनि आवश्यकताअनुसार दही तयार गर्दछ।
कर्ड मइस्ट्रो रेफ्रिजेरेटरले पाँचदेखि ६ घण्टामा सहजै दही तयार गर्न सक्छ। यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ। कर्ड मइस्ट्रो रेफ्रिजेरेटरले जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउन सक्दछ। यो रेफ्रिजेरेटर २ सय ५३ लिटर र ३ सय १५ लिटरमा उपलब्ध रहेको छ।
यो रेफ्रिजेरेटर नेपालभरका सामसङका आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमार्फत अगस्ट २०२० देखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।