काठमाडौं- साताको पहिलो दिन नेप्से सूचक ११.३० अंकको सुधारसहित १३९२.६८ अंकमा रोकिएको छ। कारोबार सुरु हुने वित्तिकै घट्न थालेको सेयर बजार ४० मिनेटसम्ममा २० अंकले गिरावट भएको थियो।
सुरुवाती अवस्थामा दोहोरो अंकले घटेको सेयर बजार अन्तिममा ०.८२ प्रतिशतले सुधार भएको हो। कोभिड १९ को कारणले शिथिल सेयर बजार लगानीकर्ताको डर र अवसर दुवै देख्ने चरित्रले एकैदिन तीव्र उचारचढाव देखिएको हो। अधिकांश समय रातो देखिएको सेयर बजारमा कारोबार रकम भने एक खर्बको पनि भएन।
गएका दिनमा न्यूनतम पनि एक अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुने गरेको थियो। आइतबार ९७ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। अन्तिम समयमा सुधारिएको बजारमा १०३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४६ वटाको घटेको छ।
अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिको कारोबार भएको छ। अधिकतम कारोबार रकम, संख्यामा पनि अजोड अगाडि देखिएको छ। प्राथमिक बजारमा सेयर निष्काशन गरे गत साता सूचीकृत भएको अजोडको सेयर मूल्य पछिल्लो समय लगातार बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।