काठमाडौं- क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले अनलाइनबाटै ब्रोकर खाता खोल्न तथा खाता नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ। कोभिड-१९ को संक्रमण बढ्दै गएपछि कार्यालयमा भिडभाड कम गर्न क्रिस्टलले अनलाइनबाटै यी सुविधा प्रदान गर्न लागेको जानकारी गराएको हो।
ग्राहकहरुले आफ्नो डिम्याट खाता नवीकरण तथा अद्यावधिक गर्नकै कार्यालयसम्म धाइराख्नु पर्ने अवस्था अब नरहेको कम्पनीले जनाएको छ। ग्राहकले शेयर कारोबारका लागि नयाँ खाता खोल्न तथा पुरानो खाता नवीकरण गर्न वेबपेजमार्फत् नै सक्ने भएका छन्।
कोभिड-१९ ले अन्य पेसा व्यवसाय गुमाएका फुर्सदी लगानीकर्ता ब्रोकर कार्यालयमा धाउने भएकाले ब्रोकर कार्यालय पनि उच्च जोखिममा हुने भएकाले भिडभाड घटाउन अनलाइन प्रणालीले सहयोग गर्ने विश्वास कम्पनीले लिएको छ।
कतिपय ब्रोकरले भिडभाड बढेपछि बजार नआउनसमेत अनुरोध गरेका छन् ब्रोकर कार्यालय नआऊ भन्नुभन्दा पनि अनलाइनबाटै सबैले कारोबार गर्न सक्ने बनाइएको कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।