• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
कोरोना महामारीमा बच्चाको स्वास्थ्यबारे बाबुआमाले जान्नैपर्ने कुरा
64x64
नेपाल लाइभ आइतबार, साउन २५, २०७७  १३:१९
1140x725
तस्बिर: युनिसेफ

काठमाडाै‌ं-कोभिड-१९ नोबेल कोरोना भाइरस (सार्स-कोभ-२) बाट हुने रोग हो। नयाँ भएकाले यो भाइरस र रोगबारे विश्वलाई नै थोरैमात्र जानकारी छ। हालसम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट सुरुवात भएको हो। विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा यसलाई महामारी घोषणा गरेको थियो।

कोरोना रोग विभिन्न उमेरका मानिसहरुमा विभिन्न लक्षणसँगै देखिएको छ। विषेशगरी जेष्ठ नागरिक (६० वर्षभन्दा बढी उमेर) को प्रतिरोधात्मक क्षमता कम भएको जस्तैः दीर्घरोगी, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, कलेजो र मिर्गौला रोग भएकाहरुमा जटिल रुपमा प्रकट भएको छ र मृत्युदर पनि बढी भएको पाइएको छ।

अहिलेसम्म विश्वमा भएका अध्ययनमा बालबालिकामा कोरोना भाइरस जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम छ। कतिपय बच्चामा रोगको लक्षण नदेखिने अथवा देखिइहाले पनि साधारण रुघाखोकीजस्तै रुपमा प्रस्तुत हुने हुनाले बालबालिकाले घरका ठूला मानिस र जेष्ठ नागरिकलाई सार्न सक्छन्। बच्चाहरुले सामाजिक दूरी कायम गर्न नसक्ने हुनाले विद्यालयहरु बन्द गर्नु परेको छ।

नेपालमा कोरोना भाइरसबाट १७ जना १८ वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। तर खुसीको कुरा, अधिकांंश बिरामी लक्षणविहीन छन् र शारीरिक रुपमा स्वस्थ छन्। अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन। तर रोगको लक्षण नदेखिएका ती बिरामीहरु बेलैमा पत्ता लगाई एकान्तबास गर्न सकिएन भने ठूलो संख्यामा समुदायमा रोग फैलिने डर हुन्छ।

कोरोना रोग मुख्यतया संक्रमित व्यक्ति (रोगको लक्षण देखिएको अथवा नदेखिएको) बाट स्वास्थ्य व्यक्तिमा सर्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्केका कण वा छिटाहरु श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेमा, उक्त कणहरु स्वस्थ व्यक्तिको मुख, नाक र आँखा हुँदै शरीरमा प्रवेश गरेमा रोग सर्न सक्छ। संक्रमित व्यक्तिको मास्क, निजले छोएको सतह आदिबाट स्वस्थ्य व्यक्तिमा रोग सर्न सक्छ।
 
कोरोनाका लक्षणलाई ३ समूहमा बाँड्न सकिन्छः
१. लक्षण नभएकोः यी बच्चा हेर्दा सामान्य देखिन्छन्। यिनीहरुमा रोगका कुनै लक्षण हुँदैनन्, अधिकांश बच्चा यही समूहमा पर्छन्।

२. सामान्य लक्षणः कतिपय बच्चाका ज्वरो आउने, सुख्खा खोकी लाग्ने, कमजोरी महसुस हुने, शरीरका मांसपेसीहरु दुख्ने हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ र आवश्यकता अनुसार अस्पतालमा भर्ना हुनुपर्छ।
 
३. कोभिड रोगको कडा संक्रमणका लक्षणहरु देखिए तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। त्यस्ता बच्चालाई कतिपय अवस्थामा आइसियुमा भर्ना गर्नुपर्ने र मृत्यु पनि हुन सक्छ।

अधिकांश बालबच्चामा कोभिड–१९ रोग देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिन सक्छन्। केही बच्चामा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, शरीरका मांसपेसीहरु दुख्ने हुन्छन्। यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ। धेरै कम बच्चामा रोगको कडा लक्षण देखिन सक्छन्।

कडा लक्षण
– १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने।
– श्वास फेर्न गाह्रो हुने, ओठ र जिब्रो निलो हुने।
– सुस्त वा बेहोस हुने।
– बच्चामा कम्पन हुने। 
– नाक, मुखबाट रगत आउने, बच्चा पहेंलो हुने र छाम्दा चिसो हुने।
– कतिपय बच्चामा कडा किसिमको झाडापखाला र डाबर आउने पाइएको छ।

Ncell 2
Ncell 2

विद्यालयहरु बन्द भएको, बाहिर हिँड्न, डुल्न नपाउने, खेल्न नपाउने र अन्य कारणले कतिपय बच्चामा मानसिक समस्या आउन सक्छ। जस्तैः रुने, झर्किने, शरीरका विभिन्न भाग दुख्ने आदि।

बच्चामा शारीरिक, मानसिक समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुहोस्। आफू शान्त रहनुहोस् र परिवारलाई आश्वस्त पार्नुहोस्। बच्चालाई दिनभरिको तालिका बनाइदिनुहोस्। समयमा सुत्न र उठ्न लगाउनुहोस्। बच्चालाई नियमित खोप र खुवाइरहेका अन्य औषधि दिनुहोस्। नियमित पोषिलो खाना, ताजा खानाहरु दिनुहोस्। कोभिड–१९ रोगको संक्रमण रोक्ने उपायबारे आफू पनि जानकारी लिनुहोस् र बालबालिकालाई पनि सिकाउनुहोस्।

–    भिडभाडमा आफू पनि नजानुहोस् र बच्चालाई पनि नपठाउनुहोस्।
–    सामाजिक दूरी कायम गर्नुहोस्। (एक अर्का बीचमा १–२ मिटरको दूरी)
–    बाहिर हिँड्दा, कहीँ जाँदा माक्स लगाउनुहोस्। (३ वर्ष भन्दामाथि उमेरका बच्चाले माक्स लगाउनुपर्छ)।
– हाच्छ्युँ गर्दा, खोक्दा मुख कुइनोले अथवा टिस्यु पेपरले छोप्नुहोस्। 

५) बाहिर गएर आउँदा, अपरिचित वस्तु छुँदा, खानु अगाडि, दिसा गरेपछि साबुन लगाएर मिचीमिची हात धुनुहोस्।

(यो सामग्री नेपाल पेडियाट्रिक सोसाइटीले तयार पारेको हो)

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट
पूर्वराजाका संवाद सचिव पाठक रिहा
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट शुक्रबार, असार २७, २०८२
पूर्वराजाका संवाद सचिव पाठक रिहा शुक्रबार, असार २७, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्