काठमाडौं- नेपाल राष्ट्र बैंकले तिनाउ मिसन डभेलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्नका लागि अस्वीकृत गरेको छ। बैंकले गत असार २५ गतेको साधारणसभाबाट तीन कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित गरेको थियो।
साधारणसभाबाट हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेसँगै नेपाल राष्ट्र बैंकमा प्रबन्धपत्र संशाेधनका लागि पुगेको थियो। प्रबन्धपत्र संशाेधन गर्ने क्रममा हकप्रद सेयर निष्काशनका लागि भने अस्वीकृत गरिदिएको हो। बैंकले १३औं वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर पारित गरेको छ। बोनस सेयर वितरणका लागि भने स्वीकृति दिएको छ।
बैंकको हालको चुक्ता पुँजी एक खर्ब ६७ करोड रुपैयाँ छ। बोनस सेयरपछि एक अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी दुई अर्ब ४१ करोड रुपैयाँ पुर्याउने बैंकको योजना विफल भएको छ। नेपाल राष्ट्र बैंकले संस्था घटाउने रणनीतिक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद सेयर निष्काशन गर्न रोक लगाएको हो। हकप्रदको अस्त्र प्रयोग गर्दै मर्जरका लागि बाध्य बनाउने योजनामा राष्ट्र बैंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।