काठमाडौं-एनसेलले आकर्षक बन्डल सेवासहित वायर फ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटीसहितको बन्डल सेवा सुरु गरेको छ।
एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाईफाई सेवा सुरु गरेको हो ।
कम्पनीले यो सेवा आफ्नो अम्ब्रेलाथिम ‘प्लस’अन्तर्गत मंगलबार (साउन २०) देखि सुरु गरेको हो। वायरफ्री प्लस सेवा नवीन घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ। यो प्रविधिअन्तर्गत उपभोक्ताले विना तार डेटा सेवा लिन सक्नेछन् ।
प्लानअनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा फोरजी सिम कार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबीडेटा, होम नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामाम्युजिक, दामीम्युजिक,प्रभु टिभीलगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायर फ्री प्लस वाइफाइका विशेषता रहेका छन् ।
वार्षिक प्लानमा मासिक ६९० रुपैयाँको शुल्क रहेको यो सेवाअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकताअनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूहमा कुनै पनि समूहअन्तर्गतको प्लान लिन सक्नेछन् । गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायर फ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले मासिक ८६० रुपैयाँ (कर बाहेक) शुल्कमा ८५ जीबी वायर फ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येक मासिक १० जीबी डेटा प्राप्त गर्दछन्। डायमण्ड समूहअन्तर्गत ग्राहकले मासिक ९५० रुपैयाँ (कर बाहेक) शुल्कमा १०० जीबी वायर फ्री प्लस डेटा, १ हजार मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् ।
वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्नेछन्। प्याकेजको समयसीमा अनुसार ग्राहकले एक पटकमात्र तिर्नपर्ने ग्राहक शुल्क ५ सय, २५ सय र ३५ सय तिर्नु पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।