काठमाडौं- राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षमा ३६ प्रतिशतले नाफा बढाएको छ। बैंकले ६८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कोरोनाको महामारीकै अवधिमा मात्रै ३१ करोड रुपैयाँ नाफा गरेको हाे।
गत आर्थिक वर्षमा बैंकले तीन अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ब्याज खर्च दुई अर्ब ४६ करोड रुपैयाँ छ। खुद ब्याज आम्दानी एक अर्ब १० करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी हुँदा एक अर्ब ५५ करोड रुपैयाँ खर्च भएको थियो।
सहकारी बैंकले निक्षेप संकलन मात्रै ६७ प्रतिशतले सुधार गरेको छ। गत वर्ष ४६ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै १४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ भने २६ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ।
चुक्ता पुँजी २ अर्ब २२ करोड रुपैयाँ छ भने एक अर्ब चार करोड रुपैयाँ जगेडा कोषमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।