काठमाडौं- युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेलाई २–० ले हराएको छ। मिलानको जितमा लुकाकु र इरिक्सनले गोल गरे।
यो सिजन ३०औँ गोल गर्ने क्रममा लुकाकुले गेटाफेविरुद्ध खेलको ३३औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए। खेलको ८३औँ मिनेटमा इरिक्सनले गोल गर्दै टिमलाई २–० को जित दिलाएका हुन्।
जितसँगै क्वाटरफाइनलमा पुगेको इन्टरले अब बायर लिभरकुसन र रेन्जर्सबीचको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ।
बुधबार राति नै भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई २–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।