काठमाडौं-समाज लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले संस्थालाई ८६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएकाे हो।
बोर्डबाट अनुमति प्राप्त गरेसँगै लघुवित्तले छिट्टै सर्वसाधारणका लागि जारी गर्न सक्नेछ। प्राथमिक शेयर निष्काशन गरेसँगै संस्थाको चुक्ता पुँजी २ करोड रुपैयाँ पुग्नेछ।
प्राथमिक शेयर निष्काशनपछि संस्थापकको हिस्सा ५७ प्रतिशत कायम रहनेछ भने सर्वसाधारणतर्फको हिस्सा ४३ प्रतिशत हुनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
संस्थाले पहिलो वार्षिक साधारणसभाबाट संस्थापक तर्फको पुँजीको दुई सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। तर नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि संस्थाले हाल कायम पुँजीकै आधारमा प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।